२२ जेठ २०८३, शुक्रबार

मापसे गरेर गाडी चलाउने महिलाले प्रहरीलाई चुमेपछि ...

कात्तिक २०, २०७४
मापसे गरेर गाडी चलाउने महिलाले प्रहरीलाई चुमेपछि ...

काठमाडौं, १३ साउन — भारतको कोलकातामा मादक पदार्थ सेवन गरेर गाडी चलाउने हुँदा डिभाइडरमा ठोक्काएकी एक महिलाले उद्धार गर्न आएका प्रहरीलाई अंगालो हालेर चुमेकी छन् ।


बुधवारको मध्यरातमा भएको यो घटनामा संलग्न महिला लगभग ४० वर्ष पुगेकी छन् । उनी एउटा पार्टीमा बेस्सरी रक्सी पिएर गाडी चलाउँदै थिइन् ।

चिंग्रीहतानिर उनले गाडीमाथि नियन्त्रण गुमाएर एउटा डिभाइडरमा लगेर ठोकेकी थिइन् ।

एकजना ट्याक्सी ड्राइभरले उनलाई उद्धार गर्न खोज्दा उनले उसलाई पिटेकी थिइन् ।

त्यसपछि एउटा हवलदार आएर ती महिला र उनका दुई साथीलाई कारबाट निकालेका थिए । दुवै साथी पनि मदिरामा मस्त थिए ।

तर प्रहरीका लागि त्यसपछिको घटनाक्रम अनपेक्षित रह्यो ।

ती महिलाले हवल्दारलाई आफूतिर तानिन्, कसेर अंगालो हालिन् र चुम्बनको वर्षा गरिन् ।

अन्य प्रहरीहरूले त्यहाँ नजिकै उभिएकी एक महिलाको सहायताले आफ्ना सहकर्मीलाई छुटाउन सफल भए अनि कारमा रहेका तीनैजनालाई विधानगर दक्षिण प्रहरी चौकी लान सफल भए ।

ती महिलालाई मापसे गरेर गाडी चलाएको आरोपमा मुद्दा लगाइएको छ । उनका दुई साथीलाई पनि अनुचित व्यवहार गरेको आरोप लगाइएको छ ।

‘हामी त ती महिलामाथि प्रहरी अधिकारीलाई चुम्माका रूपमा घूस दिन खोजेको मुद्दा पनि लगाउन खोज्दैछौं,’ एक प्रहरी अधिकारीले रमाइलो गर्दै भने ।

हिन्दुस्तान टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्