२२ जेठ २०८३, शुक्रबार

नवाज शरिफले दिए राजीनामा, को बन्ला पाकिस्तानको आगामी प्रधानमन्त्री ?

कात्तिक २०, २०७४
नवाज शरिफले दिए राजीनामा, को बन्ला पाकिस्तानको आगामी प्रधानमन्त्री ?

काठमाडौं, १३ साउन — पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई शुक्रवार त्यहाँको सर्वोच्च अदालतले पदका लागि अयोग्य रहेको फैसला गरेपछि उनले तत्कालै राजीनामा दिएका छन् ।


भ्रष्टाचारसमम्बन्धी पनामा पेपरमा उनको नाम आएपछि भएको अनुसन्धानपछि लन्डनमा उनको नाममा अवैध सम्पत्ति रहेको पत्ता लागेको थियो र अदालतमा मुद्दा चलेको थियो ।

तर सत्तारूढ पाकिस्तान मुस्लिम लीग–नवाज दलका प्रमुखका रूपमा नवाज शरिफले आफ्नो उत्तराधिकारी छान्न सक्छन् ।

शरिफले छानेको उम्मेदवारले नेसनल असेम्ब्लीमा बहुमत ल्याउनुपर्छ र नवाजको दलको बलियो बहुमत भएकाले उनले चाहेकै व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना छ ।

नवाजकी छोरी मर्यम नवाजलाई उनको राजनीतिक उत्तराधिकारी मानिएको भएपनि उनी निर्वाचित नभएकाले यसपाली उम्मेदवार बन्ने स्थिति छैन ।

नवाजका भाइ शाहबाज शरिफ शक्तिशाली पञ्जाब प्रान्तका मुख्यमन्त्री हुन् र उनैलाई अन्तरिम प्रधानमन्त्री बनाउनका लागि एउटा तप्काले आवाज उठाइरहेको छ ।

त्यस्तै रक्षामन्त्री खवाजा असिफ पनि नवाजको विश्वासपात्र मानिन्छन् र उनैले प्रधानमन्त्रित्व ग्रहण गर्ने सम्भावना पनि प्रबल छ । तर उनले शक्तिशाली सेनाको आलोचना गर्ने गरेका छन् र नवाजलाई पनि उनको यही कठोर रवैयाका कारण समस्या परेको थियो ।

पाकिस्तानी संसद् नेसनल एसेम्ब्लीका सभामुख सरदार अयाज सादिक पनि प्रधानमन्त्रीका बलिया उम्मेदवार हुन् । उनले शरिफ परिवारसँग निकट सम्बन्ध बनाएको बताइन्छ ।

नवाज शरिफकै दलमा रहेका अहसान इकबालको पनि सम्भावना व्यक्त गरिएको छ । उनी विकास निर्माणको क्षेत्रमा दख्खल राख्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्