कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
६ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ प्रतिशत)भन्दा बढी हो । शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्यांकमा कर्णाली र मधेश प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन् ।
नेपालमा ६२ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन् । प्रदेश स्वास्थ्य निर्देशक डा.रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिए । उनले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताए ।
बहुसूचक सर्वेक्षणले गण्डकीमा २९ र बागमती प्रदेशमा ३० प्रतिशतले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएको देखाएको छ । त्यस्तै जन्मेको दुई वर्षसम्म निरन्तर स्तनपान गराउने आमाको संख्या ८९ प्रतिशत छ । दूधदानी (बोटल फिडिङ)बाट खुवाउनेको संख्या १२ प्रतिशत छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले जन्मिएको एक घण्टाभित्र गराइने स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउने बताए ।
‘दूधदानीबाट आमाको वा अन्य दूध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्न नियमन र अझै सचेतनाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ’, नर्सिङ अधिकृत खत्रीले भने, ‘यद्यपि कर्णाली प्रदेशमा दूधदानीबाट दूध खुवाउने संख्या कम नै छ, हरेक सार्वजनिक संरचनामा स्तनपान कक्ष, स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री विकास गर्न सके स्तनपानका लागि सहज मद्दत पुग्दछ ।’
जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान गराउनु, शिशु छ महिना पूरा नभएसम्म स्तनपान मात्र गराउनु र कम्तीमा दुई वर्षसम्म अन्य पौष्टिक आहारसँगै निरन्तर स्तनपान गराउनु बाल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । रासस
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...