
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ । साउन १९ देखि २३ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू एवं शाखा, उपशाखा कार्यालयका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए भने, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका थिए ।
कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पदान गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सीईओ क्लब तथा चेयरम्यान क्लब दर्जाका अभिकर्ताहरूलाई सम्मान गरेका थिए ।
कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरूलाई अध्यक्ष अमात्य र सीईओ क्लबमा पर्न सफल अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत प्रसाईले सम्मान तथा विभिन्न पुरस्कारहरू प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष अमात्यले छोटो समयमा प्राप्त सफलताहरूले आगामी यात्राको लक्ष्य निर्धारण गर्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत प्रसाईले कर्मचारीहरूको अथक मेहनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८÷७९ को लक्ष्य चुम्न सफल भएको बताए । उनले सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे ।