२२ जेठ २०८३, शुक्रबार

ताइवानले शुरू गर्‍यो सैन्य अभ्यास, चीनतर्फ लक्षित नरहेको दाबी

साउन २४, २०७९
ताइवानले शुरू गर्‍यो सैन्य अभ्यास, चीनतर्फ लक्षित नरहेको दाबी

ताइवानका सैन्य अधिकृतहरूले मंगलवार गरिएको अभ्यास बेइजिङलाई जवाफ फर्काउनका लागि नभएको बताएका छन् । 

एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, अभ्यासका क्रममा ताइवानका सयौं सैनिकहरू तैनाथ गरिएका छन् र ४० वटा हावित्जर तोप पनि उपयोग गरिएका छन् । 

चीनले ताइवान टापुमाथि गर्न सक्ने आक्रमण रोक्नका लागि अभ्यास गरिएको बताइएको छ । 

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले अघिल्लो साता ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले दिनदिनै ताइवान जलसन्धिमा सैन्य अभ्यास गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्