
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्नका लागि खाका पठाउन सबै निकायलाई परिपत्र गरेको छ । बजेटमा व्यवस्था भए बमोजिम १० प्रतिशत दरबन्दी कटौतीको निर्णय सरकारले कार्यान्वयन गर्न लागेको हो ।
मन्त्रालयले साउन २२ गते पठाएको परिपत्रमा ‘बजेटमा व्यवस्था भए बमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडि बढ्ने क्रममा रहेको सन्दर्भमा त्यहाँ मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तिमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र यस मन्त्रालयमा पेश गर्नुहुन अनुरोध छ’, उल्लेख छ ।
हेर्नुहोस् मन्त्रालयले पठाएको परिपत्र
