०९ असार २०८३, मंगलबार

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ ।

बैशाख १, २०७९ बाट शुरू भएर साउन ४ गतेसम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधि लाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रर्वद्धन गरेको थियो । 

'बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ' मूल नाराका साथ सम्पन्न यस अफरमा, १४ हप्ता सम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप रु. ५,००० प्रदान गरिएको थियो । 

त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई रु. ५०,००० व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खाका कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँ ।’

इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राही मैत्री –डिजिटल रेमिट्यान्समा आइफोन जित्ने चान्स अफर लिएर आइसकेको छ ।

 विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन् ।

त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले रु. २००को बोनस समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ।
 

salt training

कमेन्ट गर्नुहोस्