×

NMB BANK
NIC ASIA

प्रमुख निर्वाचन आयुक्तले पत्रकारहरूलाई भने – तपाईंहरू धेरै जान्ने हुनुहुन्छ

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रसारण तथा प्रकाशित गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रसारण तथा प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैंसँग साझेदारी गरिरहेका सञ्चारमाध्यामसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चारमाध्यमलाई सचेत गराए ।


Advertisment
Nabil box
Kumari

उनले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सबै राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरू, सूचनाहरू सम्प्रेषण गरिदिनुपर्‍यो । तपाईंहरू धेरै जान्ने हुनुहुन्छ, लेख्दालेख्दै, अलिअलि पढ्दापढ्दै हामी पनि बुझ्छौं । तपाईंहरूले कसलाई कसरी सपोर्ट गर्नुभएको छ, त्यो हामी पनि बुझ्दछौं । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुने गरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनुपर्‍यो । दोस्रो, एउटा समाचारमाध्यम, जोसँग साझेदारी गरिएको छ । उसैलाई स्पष्टीकरण सोधिराखेको छ आयोगले । तपाईंहरूलाई स्पष्टीकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’

Vianet communication
Laxmi Bank

प्रदेशसभा र प्रतिनिधि सभाको आगामी निर्वाचन मंसिर ४ गते आइतवार हुँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x