
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ ।
प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो ।
आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ ।
निकै टाढाबाट पनि धुवाँको मुस्लो देखिएको छ ।
यसबारे विस्तृत विवरण भने आउन बाँकी नै छ ।