
काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एकघरमा केहीबेर अगाडि आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए । अहिले प्रहरी टोली पुगिसकेको छ ।
आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।