१० साउन २०८३, आइतबार

महिला फूटबलर दीपाले केरला महिला लिग खेल्ने

महिला फूटबलर दीपाले केरला महिला लिग खेल्ने
प्रतिकात्मक तस्वीर

राष्ट्रिय महिला फूटबल टोलीकी सदस्य एवं मिडफिल्डर दीपा न्यौपानेले भारतको केरला महिला लिग खेल्ने भएकी छन् ।

नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी उनी प्रतियोगिताका लागि बुधवार दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उनले केरला महिला लिगमा डन बोस्को फूटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुशी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो,’ उनले भने । प्रतियोगितामा नेपाली राष्ट्रिय फूटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी छिन् । उनले गोकुलम केरेला क्लबबाट खेल्ने छिन् ।

प्रतियोगितामा गोकुलमसहित केरला ब्लास्टर, केरेला युनाइटेड लगायत १० टोलीको सहभागिता रहनेछ । केरेला लिगमा डन बोस्को साविक उपविजेता हो । दीपाले २ महिनाका लागि आफूले सम्झौता गरेको बताइन् । उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताइन् ।
    
साउन २५ गतेदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ । डन बोस्कोले आफ्नो पहिलो खेलमा बिहीवार लड्र्स पिआरविरुद्ध खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्