
इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायली सैनिकले गोली चलाउँदा ४० जना घाइते भएका छन् ।
दुईजना प्यालेस्टाइनी लडाकू मारिएको इजरायली प्रहरीले खुलासा गरेको छ । उनीहरूबाट हातहतियार र विस्फोटक पदार्थ बरामद गरिएको जानकारी पनि प्रहरीले दियो ।
सोमवार मात्र इजरायल तथा प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहबीच युद्धविराम घोषणा गरिएको थियो ।