०६ असार २०८३, शनिबार

सबइन्जिनीयर यादवविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता

सबइन्जिनीयर यादवविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन नम्बर २ मा कार्यरत सबइन्जिनीयर रामबाबु यादवउपर शैक्षिक योग्यताको झूटा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता गरेको छ ।  

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार यादवले सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनीयरिङका प्रमाणपत्रहरू, लब्धांक पत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स नक्कली छ ।

नक्कली प्रमाणपत्र बनाई उनले सरकारी जागिर प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ । नक्कली प्रमाण पत्र पेश गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएको अनुसन्धानबाट खुलेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा सोही बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी लिई अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्