२२ जेठ २०८३, शुक्रबार

जापान भ्रमणका क्रममा पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरें : प्रचण्ड

जापान भ्रमणका क्रममा पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरें : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् ।

५ दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार पत्रकारसँग उनँले जापानी पक्षलाई पर्यटन, कृषि, विद्युतीकरण र पूर्वाधारमा प्राथमिकताका साथ लगानी गर्न आग्रह गरेको बताए ।

भ्रमणका क्रममा आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिव एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको छलफलमा सूचना प्रविधि तथा फोहर व्यवस्थापनमा तत्काल नेपाललाई सहयोग गर्न आग्रह गरेको बताए ।
    
‘निकै राम्रो वातावरणमा विचारको आदानप्रदान पनि भयो,’ उनले भने, ‘एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक कुराकानी भयो ।’

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड साउन २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनले कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवद्र्धन, पुनर्निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अवलोकन गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्