×

NMB BANK
NIC ASIA

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bank

ताला खुलाउने सम्बन्धमा यसअघि विश्वविद्यालय प्रशासन र नेविसङ्घबीच पटकपटक छलफल भए पनि आफूहरुको माग पूरा नभएको भनी विद्यार्थीले ताल्चा खोल्न मानेका थिएनन् तर उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै तालाबन्दी खोल्नका लागि गत साउन २२ गते अन्तरिम आदेश दिएपछि नेविसङ्घले ताला खोलेको हो ।
 
विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी गरेर कामकाज ठप्प गरेको भन्दै तालाबन्दीका विरुद्धमा अधिवक्ता कुलबहादुर डाँगीले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेका थिए । उनको मुद्दाको यही साउन २२ गते सुनुवाइ गर्दै उच्च अदालतकी मुख्य न्यायधीश नीता गौतम दीक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको थियो ।
  
सोही आदेशको पालना गर्दै नेविसङ्घले शिक्षा अध्यक्षको कार्यकक्ष, उपकुलपतिको कार्यकक्ष, कुलसचिवको कार्यालय र आर्थिक प्रशासनमा लगाएको ताला खोलेको जनाएको छ । ताला खोल्दै नेविसङ्घका केन्द्रीय प्रतिनिधि अभयप्रताप चौवेले अदालतको आदेशको पालना गर्दै ताला खोलिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफूहरुको आन्दोलन नरोकिने तर स्वरूप भने परिर्वतन हुने बताए । नेविसङ्घ संस्कृत विश्वविद्यालय सङ्घर्ष समितिले विश्वविद्यालयमा भएको अनियमितता छानविन गर्नुपर्ने, छात्राबासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्नुपर्ने, १० वर्षदेखि रोकिएको दीक्षान्त तीन महिनाभित्र हुनुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्नेलगायतका १४ बुँदे माग राखेर तालाबन्दी गरेको थियो । रासस


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x