
जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेश विजयी भएको छ ।
हरारेमा बुधवार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो ।
यस जीतसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ। सिरिज जिम्बावेले २-१ ले जितेको छ।
बंगलादेशले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रनमा समेटियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन जोडेको थियो ।