३२ असार २०८३, बिहीबार

एन्फा कार्यसमिति बैठक बस्दै

एन्फा कार्यसमिति बैठक बस्दै

अखिल नेपाल फुटबल संघ( एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ । यसअघि दुई पटक स्थगित हुन पुगेर बिहीबार तय भएको बैठकलाई फुटबल क्षेत्रमा महत्वका साथ हेरिएको छ । बिहान १० बजेपछि बस्ने बैठकमा नियुक्तिलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

अध्यक्ष पंकज नेम्वाङले आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि बैठक स्थगित गर्दै आएका छन् । यहीबीचमा चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण नेम्वाङले बैठक नै स्थगित गर्दै आएको बताइन्छ । विवादकै कारण अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेमाथि बर्खास्तीको दवाव बढेको छ । 

एन्फाले प्रवक्ता सहित तीन सहमहासचिव र मानार्थ अध्यक्षको नियुक्त गर्न बाँकी छ । जसका थापाका छोरा गौरबको पनि दाबेदारी छ । यसबाहेक महिला साफ आयोजना गर्नेलगायतका एजेण्डा पनि बैठकमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्