
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी माग गरेको छ । प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि १५ दिनको समय दिएर दरखास्त आह्वान गरेको हो । सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयोगी माग गरिएको छ ।