×

X
Nic Asia
Marvel

बर्खामा झस्काइ रहन्छ भुजीखोलाले

काठमाडाैं | साउन २६, २०७९

NTC
Premier Steels
तस्वीर सौजन्य : सामाजिक सञ्जाल
British college
TVS INSIDE

गए राति ढोरपाटन नगरपालिका–५ साहुथोकमा खसेको पहिरोले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो ।

DHARA
LAxmi BAnk

भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए । कुनै विपद् आइनलागोस् भने कामना गरिरहे ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो । कुनैखाले क्षति निम्तिएन ।

खोला थुनिँदा बनेको ताल एक्कासि फुटेर बाढीको रुप लिने खतरा टर्‍यो । खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे । 


Advertisment
Bizbazar
Saurya island

 भुजीखोला त्यही खोला हो जसले २०७७ भदौ १७ गते  मध्यरातमा बितण्डा मच्चाएको थियो । 

बाइस जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रुपमा सम्झन्छन् । सालिन्दा बर्खा याम आउँदा त्यही अप्रिय घटना बल्झेर आउँछ । 

Vianet communication
IME BANK INNEWS

ढोरपाटन–९ लाकुँरीबोटका भीमबहादुर सुनारले अहिले पनि ठूलो वर्षा हुँदा घर छाडेर विद्यालयमा आश्रय लिने गरेको बताए  ।

“अहिले पनि बेलाबेला खोलाले त्रसाउँछ, घरछेउमै भल आउँछ”, उनले भने, “सुरक्षित बसोबासका लागि कसैले पनि पहल गरेनन्, हामी अझै पीडामा छौँ ।”

 दुई वर्षअघिको बाढीले सुनारको पसलसहित घर बगाएको थियो । अहिले लाकुँरीबोटमै अस्थायी टहरा बनाएर बसेको उनले सुनाए । 

खोलाछेउ जोखिम भए पनि जीविकाका लागि बस्नुपरेको उनको भनाइ छ । “अन्त कहाँ जाने जग्गा, सम्पत्ति केही छैन, यहीँ छाप्रो हालेर सानो पसल गरेको छु”, सुनारले भने।

 उक्त बाढीको घटनामा प्रियजन गुमाउनेको पीडा त झन् गहिरो छ । थातथलो, जायजेथा बाढीमा बगेर कतिको त उठिबास नै भएको थियो । ढोरपाटन–५ का अध्यक्ष दीपेन्द्र पुनमगरले गएराति भुजीखोला थुनिँदा आफूहरु घटनास्थलमै रहेको बताए  ।

 “साहुथोक भन्नेमा पहिरो जाँदा खोला थुनिएको हो, आधा घण्टामै खोला बग्न सुरु ग¥यो”, उनले भने, “तटीय क्षेत्रका बासिन्दा दुई वर्षअघिको घटना सम्झेर त्रसित बनेका थिए, धन्न कुनै क्षति हुन पाएन ।” उनले बाढीपहिरोको रोकथाम र खोला नियन्त्रणमा कसैले चासो नदिएकाले कुनै पनि बेला विपद् निम्तन सक्ने बताए  ।

 ठाडो खोला र कमसल भू–बनोटका कारण खोला किनार छेउछाउका बस्तीमा बाढीपहिरोको जोखिम छ । उनले खोला नियन्त्रण र बस्ती विकासको दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राखे । 

स्थानीय शिक्षक जुनकुमार विकले बर्सातका बेला भुजीखोला आसपासका बासिन्दा भयमा बाँच्नुपर्ने अवस्था रहेको बताए  । 

 “पानी पर्दा ढुक्कले निदाउन सकिन्न, कहाँ के हुने हो भन्ने त्रास भइरहन्छ”, उनले भने, “यहाँ बाढी प्रभावितलाई पनि आश्वासन मात्र देखाउने काम भयो, उनीहरुको पुनःस्थापनामा राज्यका निकायले पनि बेवास्ता गरे ।” त्यसबेला बाढी प्रभावित ठाउँमै पुगेर स्थानीयदेखि सङ्घ सरकारसम्मका पदाधिकारीले पीडितको घर पुनःनिर्माण गरिदिने बताएका थिए ।

 सङ्घ र प्रदेश सरकारबाट बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सहयोग नआएको स्थानीयको गुनासो छ । देश विदेशबाट ढोरपाटन नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसाबाट भने राहत सामग्री वितरण गरिएको थियो । राहत मात्र दिएर नहुने भन्दै बाढीपीडितको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।

 विसं २०७७ असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनःनिर्माणको काम थाल्ने भनी जनाएको प्रतिबद्धता पनि लागू हुन सकेन ।

 बाढीले क्षति पु¥याएका सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायतका भौतिक संरचना पुनःनिर्माणका लागि नगरपालिकाको केन्द्र बुर्तिबाङमा त्यस्तो कार्यालय स्थापना गर्ने जनाइएको थियो । दुई वर्ष बित्न लाग्दासमेत न कार्यालय नै राखियो, न त पुनःनिर्माणको काम नै अघि बढ्यो ।

 भुजीखोलाको बाढीपछि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम थाल्ने सरकारी घोषणा पनि अलपत्र परेको छ । बाढी प्रभावित भने अझै पनि तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता पूरा हुनेमा आशावादी छन् । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पु¥याएको थियो । 

 त्यहाँका मात्र एक सय तीन घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का ८ घर पूर्ण र ९ घरमा आंशिक क्षति पुगेको थियो । बाढीबाट वडा नं. ७, ६ र ५ सम्मै प्रभावित भएको थियो । लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा बढी क्षति पुगेको थियो । रामबहादुर थापा,रासस

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ । प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्था...

असोज १०, २०७९

दशैंको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका...

असोज १०, २०७९

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको र दुई जनालाई ...

असोज १०, २०७९

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज ललितपुरको किष्ट अस्पतालमा पुग...

असोज १०, २०७९

पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८÷०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी न...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।  ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x