०७ साउन २०८३, बिहीबार

दोलखाको सिंगटी बजारमा आएको पहिरोले ५ घरमा क्षति, १२ घर अति जोखिममा

दोलखाको सिंगटी बजारमा आएको पहिरोले ५ घरमा क्षति, १२ घर अति जोखिममा
फाइल तस्वीर

दोलखाको सिंगटी  बजारमा पहिरोले ५ घरमा क्षति पुर्‍याएको छ । 

बिगु गाउँपालिका–४ लादुकस्थित संगटी बजारमा बुधवार राति गएको पहिरोले ५ घर भत्काएको र केही घरमा लेदो पसेको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार, बुधवार राति पहिरो गएको हो । पहिरोले घरहरू जोखिममा रहेपछि १२ घरपरिवारलाई भने अहिले घरमा नबस्न भनिएको उनले बताए । 

‘घरहरू नभत्किएपछि पहिरोको जोखिम हुन सक्ने भएकाले अहिले नबस्न भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले लोकान्तरसँग भने । 

उनका अनुसार अहिले प्रहरी तथा स्थानीयको सहयोगमा भत्किएका घरहरूबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्