२१ जेठ २०८३, बिहीबार

राजधानीको विद्यालयबाट यसरी गायव भए बालक, २४ घण्टा बित्दा पनि अत्तोपत्तो छैन

कात्तिक २०, २०७४
राजधानीको विद्यालयबाट यसरी गायव भए बालक, २४ घण्टा बित्दा पनि अत्तोपत्तो छैन
काठमाडौँ, १३ साउन — बिहीबार दिउँसो राजधानीको विद्यालयबाटै एक बालक गायब भएका छन् । बालक हराएका २४ घण्टा बित्दासमेत फेला पर्न सकेका छैनन ।bbalak
क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कूलबाट बिहीबार विद्यालय समयपछि निस्किएका पाँच वर्षीय विशाल चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।

उनका बुबा विजय चौधरी छुट्टी भएको केही मिनेटमै छोरालाई लिन विद्यालय आए पनि छोरालाई भेटेका थिएनन् ।
छुट्टी हुनेबित्तिकै विद्यालयबाट बालक खुशीसाथ एक युवकले चलाएको स्कुटरमा बसेर गएको बताइए पनि त्यसबारे खुल्न सकेको छैन ।

महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
अहिलेसम्म कसैले फिरौतीका लागि फोन नगरेकाले बालक अपहरणमा परेको भन्न नसकिने उनको भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले बालकका बुबाको पसलमा काम गर्ने एक युवकलाई पक्राउ गरे पनि ती युवकको संलग्नता अझै खुल्न नसकेको राठौरले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्