
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ ।
एन्फा कम्प्लेक्समा बिहीवार बसेकाे एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म गर्ने निर्णय गरेको हाे ।
त्यस्तै, बैठकले सी डिभिजन लिग असोज १ गतेबाट ३० गतेसम्म गर्ने निर्णय गरेको छ । बी डिभिजन लिग भने चैत ६ गतेदेखि २०८० वैशाख १५ गतेसम्म गर्ने निर्णय भएको स्रोतले जानकारी दिएकाे छ ।