×

NMB BANK
NIC ASIA

बूढीगंगा जबरजस्ती करणी प्रकरणः पीडितलाई बयान फेर्न ७ लाखको ‘अफर’

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका ग्रामथान गाउँपालिका ७ का १९ वर्षीय आदित्य खाँ थारुका आफन्तले पीडित बालिका र उनका अभिभावकलाई बयान फेर्न दबाब दिएको एक आफन्तले बताए । ‘बकपत्र’मा बोलाएको दिन बयान फेर्न दबाब दिन घरमै आएको पीडितका आफन्तको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वैशाख २९ गते ग्रामथान गाउँपालिका ७ तेतरीयामा लागेको मेला जाने क्रममा राति ७ बजे थारुले बलात्कार गरेको भनेर बालिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत मोरङ अदालतमा ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतले थारुलाई १० साउनमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।


Advertisment
Nabil box
Kumari

पुर्पक्षको लागि अभियुक्त थुनामा गएपछि पीडकका आफन्तले पीडितको घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिने गरेका छन् । ‘बलात्कार आरोपमा पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले दैनिकजसो फोन र घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिइरहेका छन्’ पीडित बालिकाकी एक आफन्तले भने । 

Vianet communication
Laxmi Bank

अदालतमा हुने बकपत्रको बेला जबरजस्ती करणी गरेको होइन भनेर भन्दा  ७ लाख रुपैयाँ दिने र बयान नफेरे ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनले बताए । 

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जघन्य प्रकृतिको अपराधको घटनामा बयान फेर्न पीडितलाई दबाब दिन नमिल्ने भएकोले प्रहरीमा उजुरी दिए कारबाहीको दायरामा ल्याउने बताए । ‘गम्भीर प्रकृतिको अपराधमा यसरी दबाब दिन मिल्दैन,’ उनले भने, ‘पीडितको तर्फबाट कसैले उजुरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x