०२ असार २०८३, मंगलबार

सशस्त्र प्रहरीद्वारा बिलविजक अनुरूप नभएका विभिन्न सामानसहित १ जना पक्राउ

सशस्त्र प्रहरीद्वारा बिलविजक अनुरूप नभएका विभिन्न सामानसहित १ जना पक्राउ

झापा जिल्लाको गौरादह नगरपालिका–७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिलविजक अनुरूप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित १ जनालाई पक्राउ गरेको छ ।    

जिल्लाको बिर्तामोड नगरपालिका–७ बस्ने ४४ वर्षीय धनिलाल राजवंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो । 

ग्वालडुब्बाबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको ९९० किलोग्राम रेडिमेड कपाल, लत्ताकपडा, स्टेसनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित राजवंशी पक्राउ परेका हुन् । 

बरामद ट्रकसहित राजवंशीलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्