
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर २ हजार ३७ दशमलव ९२ अंकमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव शून्य ८ अंकले ओरालो लागेर ३९१ दशमलव ६७ अंकमा सीमित भएको छ ।
कूल २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार सामूहिक लगानी कोषको मात्रै वृद्धि भएको छ । सो उपसमूहको मूल्यमा ० दशमलव ०७ अंकले वृद्धि भयो । बैंकिङ ३ दशमलव ०२, व्यापार ० दशमलव ११, होटल तथा पर्यटन ५० दशमलव ०१, विकास बैंक ५७ दशमलव ३३, जलविद्युत् ३१ दशमलव ७८, वित्त ४० दशमलव १७, निर्जीवन बीमा ६३ दशमलव ७८, उत्पादन ८२ दशमलव १८, अन्य ३० दशमलव ९, लघुवित्त ३३ दशमलव ९४, जीवन बीमा ६७ दशमलव ८२ र लगानी १ दशमलव २४ अंकले ओरालो लागेको छ ।
बिहीवारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब १० अर्ब ४२ करोड ८१ लाख ६ हजार ५७३ बराबर कायम भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७३७ रुपैयाँ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी ६ करोड १२ लाख १५ हजार १९२, नेष्डो समृद्धि लघुवित्त ५ करोड ४६ लाख ९७ हजार ५९२, हिमालयन एभरेस्ट इन्स्योरेन्स ४ करोड ६१ लाख ५१ हजार ४०४ र नबिल बैंक ४ करोड ५१ लाख १५ हजार ३५१ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९ दशमलव ९९, अप्पर हेवाखोला हाइड्रोपावर ९ दशमलव ९८, एनआईसी एशिया सेलेक्ट फण्ड ४ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी ३ दशमलव ८२ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतले कमाएका छन् ।
युनिलिभर नेपाल ८ दशमलव २३, बुद्धभूमि नेपाल हाइड्रोपावर ७ दशमलव ५६, हिमालयन एभरेस्ट इन्स्योरेन्स ५ दशमलव ९४, समृद्धि फाइनान्स कम्पनी ४ दशमलव ९७, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।