०८ साउन २०८३, शुक्रबार

घोषणापत्र बनाउन एमालेमा ८ जनाको टीम

घोषणापत्र बनाउन एमालेमा ८ जनाको टीम

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो । 

समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली नै हुनेछन् भने सदस्यहरूमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्