१२ साउन २०८३, मंगलबार

एमाले सचिवालय बैठकद्वारा ७ निर्णय (विज्ञप्तिसहित)

एमाले सचिवालय बैठकद्वारा ७ निर्णय (विज्ञप्तिसहित)

नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो ।  समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली नै हुनेछन् भने सदस्यहरूमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ ।     बैठकले केन्द्रीय कमिटीमा केही नेतालाई मनोनयन गरेको छ । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) छन् ।  त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ । 

निर्णय विज्ञप्तिमा-

नेकपा (एमाले) सचिवालयको ११ औं बैठक बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । 
बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्यूरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ । साथै, सचिवालय बैठकले निम्नानुसार विभिन्न निर्णय गरेको छ ।
१.     बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्ठलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ । 
२.     बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका अध्यक्षहरु र महासचिवहरु रहनुभएको छ । 
३.     बैठकले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) हुनुहुन्छ । त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ । 
४.     बैठकले विभिन्न विभागमा रिक्त रहेका सचिव मनोनयन गरेको छ । विभाग सचिवको जिम्मेवारी पाउनेहरुमा– सुन्दर भुसाल– उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा– कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी– पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठ– पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेल– युवा तथा खेलकुद विभाग, एस.जी.शर्मा– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल– विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केबी उप्रेती–सहकारी तथा गरीबी निवारण विभाग, आरसी लामिछाने–भूमी व्यवस्था विभाग, सन्जीव रोकाहा– विज्ञान तथा प्रविधि विभाग, पुष्कर खाती– सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलिया– शहरी विकास विभाग रहनुभएको छ । 
५.     बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार, रामदयाल मण्डल सहइन्चार्ज मधेश प्रदेश, सरोज यादव इन्चार्ज महोत्तरी जिल्ला, प्रमोदनारायण यादव सहइन्चार्ज धनुषा जिल्ला, भीम कार्की उपप्रमुख भूमि व्यवस्था विभाग, कृष्ण थापा इन्चार्ज कास्की जिल्ला रहनुभएको छ । 
६.     बैठकले तीनवटा केन्द्रीय विभाग गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् । 
७.     बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको छ । साथै, पार्टीमा नवप्रवेशीहरुलाई संगठनमा व्यवस्थापन गर्नेबारेमा निर्णय गरेको छ । नवप्रवेशीहरुलाई जिम्मेवारी दिने सम्बन्धमा प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने छ । 
   हार्दिक धन्यवादसहित, 
    
पृथ्वीसुब्बा गुरूङ
उपमहासचिव
प्रमुख, प्रचार तथा प्रकाशन विभाग

salt training

कमेन्ट गर्नुहोस्