०८ साउन २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्याे

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्याे

शुक्रवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रवार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य ९६ हजार १०० रुपैयाँ थियो । 

शुक्रवार चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्