०८ साउन २०८३, शुक्रबार

‘मस्ती मुडमा’ सलमान, नौसेनासँग ‘पुसअप’

‘मस्ती मुडमा’ सलमान, नौसेनासँग ‘पुसअप’

भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइस विशाखापट्टनम पुगेका थिए, जहाँ उनले ‘आईएनएस विशाखापट्टनम’ मिसाइल विध्वंसक जहाजमा भारतीय नौ सैनिकहरूका साथ समय बिताएका हुन् । 

सलमानले सैनिकहरूका साथ बिताएको समयका केही तस्वीर सामाजिक सञ्जालमा छाएको छ । तस्वीरमा उनले नौसेनाका अधिकृतहरूसँग ‘पुसअप’ गरिरहेको देख्न सकिन्छ । 

केही तस्वीरमा उनले अटोग्राफमा साइन गरिहेका देखिएका छन्, भने कुनै तस्वीरमा सलमानले सेनाहरूसँगै रोटी बनाइरहेको पनि देखिएको छ । त्यतिमात्र होइन सलमानले सेनाहरूसँग भारतीय झण्डा फहराइरहेको पनि देखिएको छ । यो सबै तस्वीरमा सलमान ‘मस्ती मुड’मा देखिएका छन् । 

हाल सलमान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । त्यसलगत्तै उनले ‘कभि इद कभि दिवाली’ र ‘पठान’मा काम गर्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्