२१ जेठ २०८३, बिहीबार

१५ दिनभित्र उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र २४ घन्टा खोल्ने तयारी

कात्तिक २०, २०७४
१५ दिनभित्र उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र  २४ घन्टा खोल्ने तयारी
काठमाडौँ, १४ साउन- उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ ।thamel-ktm
काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्न लागिएको हो । चारै जिल्लामा प्रहरीले आवश्यक तयारी सुरु गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ  ।

पहिलो  चरणमा काठमाडौंको दरबारमार्ग र ठमेल, ललितपुरको झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्न लागिएको हो ।
गृहले भक्तपुरमा पनि व्यवसायीबाट माग भएमा २४ घन्टै खोल्न पत्राचार गरेको छ । काठमाडौं र पोखरामा तत्काल खोल्ने तयारी भए पनि ललितपुर र भक्तपुरमा भने केही महिना लाग्ने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्