१० साउन २०८३, आइतबार

कर्णालीमा फुटबल प्रशिक्षक प्रशिक्षण

कर्णालीमा फुटबल प्रशिक्षक प्रशिक्षण

फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ ।एन्फा सहयोग र जिल्ला फुटबल सङ्घ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेश राजधानी सुर्खेतमा आज सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्युनिटी कोचिङ कोर्ष एन्फाका केन्द्रीय सदस्य रविन चन्दले आधारभूतरूपमा दिइएको प्रशिक्षक कोर्षसम्बन्धी तालिमले खेल र खेलाडीका लागि विकास एवं अवसर दुवै हुने बताए। 

कम्युनिटी कोर्ष गरेपश्चात् क्लबसँग समन्वय गरी अगाडि बढ्ने जनाउँदै केन्द्रीय सदस्य चन्दले आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विषम परिस्थितिका बाबजुद डी लाइसेन्स केन्द्रित प्रशिक्षण भएपनि सी, बी र त्यो अगाडिको चरणमा पुग्न एन्फाले सहयोग गर्ने उनको भनाइ थियो ।

“प्रशिक्षण लिएका प्रशिक्षार्थीले अब भने स्तरोन्नतिका लागि लाग्नुपर्छ”, उनले भने, “यो खालको प्रशिक्षण फुटबल सङ्घ सुर्खेतका लागि नौलो अनुभव हो ।” कर्णाली प्रदेशमा पहिलोपटक आयोजित प्रशिक्षणले फुटबल क्षेत्रमा विकासमा ठूलो सहयोग पुग्ने एन्फाका सदसय सञ्जिव सिंहले बताए । 

उनले सुर्खेतबाट श्रीलङ्का जाने क्याम्पमा धनसिं विकजस्ता खेलाडी छनोट हुनु गौरवको विषय भएको बताए । प्रशिक्षक एवं एन्फा सदस्य नवीन महर्जन तथा सैनिक आवासीय विद्यालय सुर्खेतका प्राचार्य प्रेमबहादुर विश्वकर्माले प्रशिक्षणले खेल क्षेत्रमा आकर्षण बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्