२३ असार २०८३, मंगलबार

मेयर, उपमेयर दुवै पुरुष नै भएको पाटनमा उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य [पत्रसहित]

मेयर, उपमेयर दुवै पुरुष नै भएको पाटनमा उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य [पत्रसहित]

संवैधानिक प्रावधानअनुसार स्थानीय तहको मेयर र उपमेयरमध्ये १ जना महिला हुनुपर्छ । तर बैतडीको पाटन नगरपालिकामा मेयरमा गौरीसिंह रावल र उपमेयरमा कमलसिंह बोहरा गरी दुवै पुरुष नै छन् ।

पाटन नगरपालिकाका कार्यबाहक नगर प्रमुख कमलसिंह बोहरा (अपी) ले सबै वडा कार्यालयलाई पत्राचार गर्दै अध्यक्षमा महिलालाई अनिवार्य गर्न निर्देशन गरेका छन् ।

पत्रमा भनिएको छ, ‘नगरपालिकाभित्र आ.व. २०७९/०८० का लागि उपभोक्ता समितिमार्फत गरिने खरिद तथा निर्माण कार्य गर्न मिति २०७९/०४/०९ गतेको नगर कार्यपालिकाको निर्णयबाट २०७९ भाद्र मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्नुपर्ने हुँदा यस पाटन नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ गतेको प्रथम कार्यपालिकाको बैठकको निर्णय नं. १० मा उपभोक्ता समिति गठन गर्दा अध्यक्ष पदमा महिला हुनुपर्ने निर्णयलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न गराउन हुन जानकारी गरिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्