२८ असार २०८३, आइतबार

दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा ...

साउन २८, २०७९
दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा ...

विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ ।

बालिकाका काकाले गाईहरू दाइजोमा पाउने लोभमा झुक्याएर बालिकाको विवाह वृद्धसँग गरिदिन लागेका थिए । बालिकालाई उसका दाइको विवाह हुन लागेको भनिएको थियो । बालिका अमीरा दाइको विवाह हुने भनेर खुशी थिइन् ।

स्थानीय सञ्चारमाध्यमसँग अमीराले भनिन्, ‘मलाई नयाँ लुगा दिइएको थियो, मेरो हातमा मेहन्दी लगाइएको थियो, खुशीयाली थियो र मलाई विभिन्न परिकार खान दिइएको थियो ।’ स्थानीय क्षेत्र भोकभरी प्रभावित क्षेत्र थियो, त्यसमाथि अनेक परिकार खान पाउँदा उनी खुशी थिइन् । केन्यामा सन् १९९० देखि बाल विवाह प्रतिबन्धित थियो ।

बाल विवाहको षड्यन्त्र भइरहेकोबारे अमीराका सौतेला भाइले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरे । विवाहका लागि बेहुलीसहित गइरहेको गाडीलाई प्रहरीले रोकेर बाल विवाह रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना भइरहँदा उनकी आमाको निधन भइसकेको थियो भने बुवा घरमा थिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्