०२ असार २०८३, मंगलबार

महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता

महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
प्रतिकात्मक तस्वीर

महाकाली नदीमा बगेर शुक्रवार बैतडीका २ किशोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

शुक्रवार दिउँसो १ बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । 

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती समेत घटनास्थलतर्फ गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्