०६ असार २०८३, शनिबार

कालीगण्डकी नदीले बगाउँदा वृद्व बेपत्ता

कालीगण्डकी नदीले बगाउँदा वृद्व बेपत्ता
प्रतिकात्मक तस्वीर

तनहुँको देवघाट गाउँपालिका–५ बेणी संगमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रवार १ वृद्वलाई बगाउँदा बेपत्ता भएका छन् ।

यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जंगबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्