×

X
Nic Asia
Marvel

बजारमा नेपाली कपडाको चहलपहल : माग बढेको हो ?

काठमाडाैं | साउन २८, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्ने नेपाली कपडा उद्योग यतिखेर बिस्तारै चलायमान हुन थालेको छ ।  

DHARA
LAxmi BAnk

महामारीका कारण ठप्प रहेको कपडा उद्योग बिस्तारै चलायमान हुँदा बजारमा नेपाली कपडाको केही चहलपहल देखिन थालेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

काठमाडौंको न्युरोड, रञ्जना गल्ली लगायत अन्य बजारमा समेत नेपाली कपडाको चहलपहल देखिन थालेको छ ।

बजारमा नेपाली कपडाको चहलपहल देखिए पनि समग्र कपडा उद्योग भने अझै समस्याग्रस्त रहेको उद्योगी तथा व्यापारीहरूले बताएका छन् । पछिल्ला वर्षहरूमा नेपाली कपडाको खपत बढ्दै जाँदा उद्योगी व्यवसायीहरू समेत उत्साहित भएका छन् । यद्यपि खपत वृद्धि सन्तोषजनक नभएको उद्योगीहरू बताउँछन् ।
 
महामारीपछि नाकाहरूमा असहज हुनु र अन्य विभिन्न कारणले गर्दा नेपाली पोशाकप्रति ग्राहकको रुचि बढ्न गएको पाइएको कपडा उद्योगीहरू बताउँछन् । 


Advertisment
Bizbazar
Saurya island

मुलुकभर अहिले व्यवस्थित रूपमा कपडा उत्पादन गर्ने उद्योगको संख्या पनि वृद्धि हुँदै गएको छ । कपडा उद्योगहरूले आफ्नो क्षमता पनि विस्तार गर्दै लैजाँदा खपत पनि बढ्न गएको उद्योगी उमेश लाखे बताउँछन् ।
 
महामारीपछि नेपालमा सामान भित्र्याउने नाकाहरूमा असहज हुँदा विदेशी कपडा नै कम आउन पुगेको उनले बताए । जसकारण नेपाली कपडाको माग बढ्न पुगेको उनले बताए ।

उनले भने, ‘चीन तर्फको उत्तरी नाकामा पनि असहज स्थिति सिर्जना भएको छ, जसले कपडाहरू कम मात्रै यता आएका छन् । जसले गर्दा नेपाली कपडामा रुचि बढेको स्वाभाविक हो ।’

Vianet communication
IME BANK INNEWS

यसबाहेक भारतीय नाकाबाट कपडा ल्याउँदा पनि खर्च महंगो भएपछि माग ‘डाइभर्ट’ भएको उनको बुझाइ छ । 

‘पछिल्लो समय ढुवानीभाडा महंगो भएको छ, पानीजहाजको खर्च बढेको छ,’ उनी भन्छन्, ‘यति भएपछि नेपाली कपडाको माग सहजै बढ्न पुगेको छ ।’ 

उद्योगी लाखेको ‘हिरा टेक्साइल’ र ‘लाखे गार्मेन्ट’ गरी २ उद्योग छन् । यसबाट उनले कपडा उत्पादन तथा बिक्री गरिरहेका छन् । 

पछिल्लो समय नयाँ पुस्ताले नयाँ–नयाँ फेसनका कपडामा रुचि राखेको उनले बताए । कपडा उद्योगीको छाता संस्था नेपाली कपडा उद्योग संघले पछिल्ला वर्षमा करीब ३० प्रतिशतसम्म नेपाली कपडाको उत्पादन बढेको बताएको छ । 

संघका अनुसार कोरोना महामारीपछि ३० प्रतिशतसम्म नेपाली कपडाको उत्पादनका साथै खपत पनि बढ्न गएको छ ।

महामारीका समयमा सुनसान बनेको कपडा उद्योग अहिले बिस्तारै चलमलाउन थालेको संघको भनाइ छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कोरोना महामारीमा भन्दा अहिले कपडा उद्योग केही लयमा फर्किएको बताए । उनले भने, ‘कोरोना महामारीमा डाउन भएका थियौं । उत्पादनको रेसियो आँधीभन्दा बढी बन्द थियो, अहिले त्यो रेसियोको हिसाबले लयमा फर्किएको हो ।’

उनले बजारमा केही चहलपहल देखिए पनि यो निकै न्यून मात्रै रहेको बताए । 

कस्ता कपडा बढी बिक्छन् ? 

संघका अनुसार नेपालीहरूको कपडाप्रतिको सोख तथा रुचि भिन्न–भिन्न प्रकृतिको छ । कतिपय अवस्थामा स्कूल पोशाक बढी मात्रामा बिक्री भइरहँदा कतिपयले भने ‘क्याजुअल’ पोशाकतर्फ पनि रुचि राख्दै जान थालेका छन् । 

व्यवसायीका अनुसार स्कूल पोशाक, ‘ट्राउजर’, ‘हाफ पाइन्ट’, ‘टीसर्ट’ लगायतमा ग्राहकको रुचि बढी छ । ‘कतिपय ग्राहकले कटनबाट निर्मित पोशाक रूचाउँछन् भने कतिपयले विभिन्न रगिंन धागोबाट बनाइएको कपडा रुचाएको पाइन्छ,’ उद्योगी लाखेले भने ।

कतिपयले नेपालमै बनेको सर्ट, पाइन्ट तथा कोट जस्ता औपचारिक पोशाकहरूप्रति पनि आकर्षण देखाउने गरेको उद्योगी व्यवसायीहरूको भनाइ छ ।

खपत नहुने डरले क्षमताभन्दा कम उत्पादन !

पछिल्लो समय तीनै तहका सरकारले मुलुकमा निर्यात प्रबर्द्धन गर्ने तथा आयात प्रतिस्थापन गर्ने विभिन्न नीतिहरू लिएका छन्  । मुलुकमा खपत हुने ठूलो हिस्सा कपडा विदेशबाट आयात गरिन्छ तर नेपाली कपडा उद्योगले भने खपत कम हुने डरले आफ्नो उत्पादन क्षमताभन्दा पनि कम उत्पादन गरिरहेको पाइन्छ । 

पछिल्ला वर्षमा नेपाली कपडा उद्योगले आफ्नो उत्पादन क्षमता बढाउँदै लगेका छन् । यद्यपि क्षमताको आधाभन्दा कम मात्रै कपडा उत्पादन गर्ने गरेको उद्योगीको भनाइ छ । 

संघका अनुसार नेपाली कपडा उद्योगले वार्षिक रूपमा करीब ३० अर्ब रुपैयाँसम्मको कपडा उत्पादन गर्ने क्षमता राख्दछन् तर विभिन्न नीतिगत समस्या र खपत कम हुने डरका कारण वार्षिक १५ अर्ब रुपैयाँसम्मको मात्रै उत्पादन हुने गरेको उद्योगीहरूको भनाइ छ । 

बजार नपाउने डरले ‘मेड इन’ अर्कै !

पछिल्लो समय नेपाली कपडातर्फ बिस्तारै आकर्षण बढ्दै गए पनि केही चुनौती भने अझै कायम रहेको छ । ३० प्रतिशत उत्पादन तथा खपत बढ्दैमा यो पूर्ण हुने अवस्था रहँदैन । 

तर यसबीचमा उद्योगीहरूले नेपाली कपडा बिकाउनका लागि ‘मेड इन’ नै अर्कै बनाउनुपरेको पीडा उद्योगी लाखेले बताए । उनका अनुसार नेपालका करीब ९९ प्रतिशत उद्योगीले आफ्ना नेपाली कपडाले अरू देशमा बनेका कपडासँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । 

जसका कारण उनीहरूले आफ्नै उत्पादनलाई अन्य विभिन्न मुलुकको उत्पादन भन्दै बिक्री गरिरहनुपर्ने बाध्यता रहेको उद्योगी लाखे सुनाउँछन् । 

‘न्यूरोडस्थित रञ्जना गल्लीमा पनि नेपाली कपडा बिक्री हुन्छन् तर त्यहाँ अधिकांशले आफ्नो उत्पादनलाई नेपाली हो भनेर चिनाउँदैनन्, अन्य मुलुकको नाम लिन्छन्,’ उनले भने ।

भन्सार छलिका वस्तुले धान्छ बजार 

कपडा उद्योगीका अनुसार नेपालमा वार्षिक ६ खर्ब रुपैयाँको कपडा खपत हुँदै आएको छ । जसमा नेपाली कपडाको हिस्सा निकै न्यून छ । 

भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा वार्षिक ५० अर्बदेखि ५५ अर्ब रुपैयाँसम्मका कपडा तथा कपडाजन्य वस्तुहरू आयात भएको  देखिन्छ । 

‘६ खर्बको बजारमा आयात जम्मा ५०–५० अर्बको छ,’ नेपाली कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, ‘हामीले वार्षिक रूपमा जम्मा ११ अर्बदेखि १५ अर्बसम्मको उत्पादन गरेका छौं । बाँकी कसरी आयो ? भन्सार छलेर नै त हो ।’

उनले कपडामा ५ खर्ब रुपैयाँको त अवैध व्यापार भइरहेको दाबी गरे । उनले भने, ‘यसो हुनुमा राज्यलाई निकै ठूलो घाटा छ, न उनीहरूलाई लिगलाइज गर्न सक्छ, न त नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन नै ।’

उनले राज्यले अवैध माल भित्रिने क्रम रोक्न नसक्दा नेपाली कपडा उद्योगहरूले ताला लगाएर उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको समेत बताए । उनले भने, ‘सबै कुरा ठीक छ, माग पनि हुन्छ तर पहिला सरकारले अवैध रूपमा भित्रिने कपडा रोक्नुपर्छ, यसो भएमा हाम्रा उद्योग बाँच्न सक्छन् ।’ 

नेपालमा कपडा उद्योगले वार्षिक ३० अर्बदेखि ४० अर्ब रुपैयाँसम्मको कपडाजन्य सामान उत्पादन गर्ने क्षमता राख्दछन् तर अहिले करीब १२ अर्ब रुपैयाँको मात्रै उत्पादन भइरहेको अध्यक्ष प्रधानको भनाइ छ ।

भन्सार छलि गरेर भित्रिएका कपडाहरूका कारण स्वदेशी कपडाले बजारमा प्रतिस्पर्धा गर्न नसकेको उनको बुझाइ छ । उनी भन्छन्, ‘उनीहरूले भन्सार छलेर सामान ल्याउँछन्, सस्तोमा बेच्छन्, उनीहरूसँग स्वदेशी कपडा उद्योगले प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।’

तयारी पोशाक उद्योग संघका आफ्नै समस्या

नेपाली कपडाको उत्पादन बढ्दै गए पनि तयारी पोशाक उद्योग भने समस्यामा गुज्रिरहेको उद्योगीहरू बताउँछन् । नेपाल तयारी पोशाक उद्योग संघका प्रथम उपाध्यक्ष इमानसिंह लामाले नेपालमा तयारी पोशाकप्रति आकर्षण नभएको बताए । 

उनले बाह्य नागरिक अथवा विदेशी पर्यटकले मात्रै नेपाली पोशाक रुचाइरहेको बताए । तयारी पोशाकको उत्पादन अहिले निकै खस्किरहेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘कोरोना महामारीपछि नेपालमा पर्यटकको फ्लो कम छ, जसले गर्दा तयारी पोशाकको खपत खासै भएको छैन ।’

उनका अनुसार नेपाली तयारी पोशाक विशेषगरी विदेशी पर्यटकले प्रयोग गर्ने गरेका छन् । यस्ता पोशाकहरू मौसमी रूपमा मात्रै खरिदबिक्री हुने गरेका छन् । 

प्रथम उपाध्यक्ष लामा भन्छन्, ‘अहिले पर्यटनको सिजन होइन, त्यसैले उत्पादन र खपत घटेको अवस्था छ, पर्यटनको सिजनमा पनि खपत बढ्छ कि बढ्दैन भन्न सकिँदैन ।’

नेपालमा तयारी पोशाक उत्पादन गर्ने करीब ३५ वटा उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगहरूको उत्पादन क्षमता फरक–फरक छ । 

लामाले आफ्नै उद्योगको उदाहरण दिँदै भने, ‘मेरो अमरदीप गार्मेन्टले विगतमा दिनमा १० हजार पीस तयारी पोशाक उत्पादन गर्दै आएको थियो तर अहिले ३०० पीससम्म पनि बन्दैन ।’

‘सरकारको प्राथमिकतामा परेन’

सरकारले स्वदेशी कपडालाई प्राथमिकतामा राख्ने बताइरहँदा उद्योगीहरूले भने सरकारले नसमेटेको गुनासो गरेका छन् । नेपाली कपडा उद्योगी तथा तयारी पोशाक उद्योगी दुवैले सरकारले नयाँ आर्थिक वर्षका लागि तय भएको बजेटमा समेत स्वदेशी कपडा उद्योगलाई सम्बोधन नगरेको गुनासो गरेका छन्  ।

तयारी पोशाक उद्योगी संघले सरकारले उत्पादन लागत घटाउनका लागि विभिन्न किसिमका सहुलियत दिनुपर्नेमा त्यसो नगरेको गुनासो गरे । 

‘स्वदेशी उद्योगलाई बचाउने र आयातलाई निरुत्साहन गर्ने व्यावहारिक बाटोतर्फ सरकार कपडा उद्योगको हकमा देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘हामीले पटक–पटक सरकारलाई सहुलियतका लागि माग गरेका थियौँ तर बजेटले कुनै पनि मागको सम्बोधन गरेन ।’

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २५, २०७९

मोरङको सुन्दरहरैंचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।  यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ ज...

भदौ २९, २०७९

प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज । उत्तरमा चुरे पहाड, दक्षिणमा तराईको समथर फाँट । निकुञ्जलाई मध्यभागमा पारेर पूर्वमा बबई नदीे अनि पश्चिममा कर्णाली बगेको छ । बीचमा जैविक विविधताले भरिपूर्ण प्...

असोज १, २०७९

मोफसलको पत्रकारिता अहिले जुन तहमा छ, त्यसमा धेरैको धेरैको योगदान छ । धेरै अग्रजको समर्पण, त्याग, लगाव र निष्ठा मिश्रित छ । मोफसलको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात् छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्...

भदौ २५, २०७९

पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन ।  तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्य...

भदौ १८, २०७९

यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।  आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि ...

असोज ६, २०७९

दैलेख जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका वासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमु...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x