
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्ड तीर्थबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका ३ जनाको सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ ।
बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका–८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका–११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन् ।
घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरी टोलीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरूको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।