×

NIC ASIA

निहारिकालाई अस्पतालमा भेटेपछि बालेनको प्रतिक्रियाः राज्यले उनीमाथि ‘अत्याचार’ गर्‍यो

साउन २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ‘कुमारी आमा’ निहारिका राजपूतलाई भेट्न शनिवार अस्पताल पुगेका छन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी निहारिकालाई भेट्न मेयर बालेन शनिवार बिहान अस्पताल पुगेका हुन् । निहारिकासँगको भेटपछि बालेनले उनको कुनै ठूलो माग नरहेको प्रतिक्रिया दिएका छन् । उनले कानूनी राज्यमा यस्तो हुन नहुने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले निहारिकामाथि राज्यले ‘अत्ति’ गरेको आरोप लगाएका छन् । फेसबुकमा मेयर बालेनले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेष्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’ 


Advertisment
Rupse Holidays
Nabil box

निहारिका पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी थिइन् । उनले शुक्रवार आत्मदाहकाे प्रयास गरे पनि शितलनिवासको सुरक्षार्थ खटिएको प्रहरीले तत्कालै उनलाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो । 

Vianet communication

महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि ८ दिनसम्म अनसनमा बसेकी थिइन् । त्यतिबेला सरकारसँग ५ बुँदे सहमति गरेपछि अनसन उनले तोडेकी थिइन् । तर, सरकारले आफूसँग भएको सहमतिको कार्यान्वयन नगरेको भन्दै उनी साउन २० गतेबाट पुनः अनसनमा बसेकी थिइन् । 

उनी बलात्कारबाट आफ्नो गर्भ बसेको र बच्चा जन्मिएको भन्दै दोषीलाई कानूनी कारबाहीको माग गर्दै आन्दोलनमा उत्रँदै आएकी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x