०६ असार २०८३, शनिबार

सुन्दरीजलस्थित बागमती खोलामा खसेका एक व्यक्तिको १ घण्टापछि जिवितै उद्धार

सुन्दरीजलस्थित बागमती खोलामा खसेका एक व्यक्तिको १ घण्टापछि जिवितै उद्धार

काठमाडौंको सुन्दरीजलमा खोलामा खसेको युवकको जिवितै उद्धार गरिएको छ । शनिवार दिउँसो साढे ४ बजेतिर एक जना व्यक्ति चिप्लिएर बागमतीमा खसेको र ढुंगामा अड्किएर बसेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

खोलामा मानिस खसेको जानकारी पाएपछि प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले स्थानीय नेपाली सेनासमेतको सहयोगमा ती व्यक्तिको उद्धार गरेको हो । 

खोलामा अड्किएका उनको दिउँसो साढे ५ बजेतिर उद्धार गरिएको सुन्दरीजलस्थित प्रहरी प्रभागले बताएको छ । उद्धार गरिएको युवकको पहिचान भने खुलेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्