०३ असार २०८३, बुधबार

‘खोइ कसरी सिंहदरबार घरघरमा पुग्ला !’

कात्तिक २०, २०७४
‘खोइ कसरी सिंहदरबार घरघरमा पुग्ला !’
काठमाडौँ, १४ साउन - पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका उपप्रमुखदेखि गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित महिला जनप्रतिनिधि यतिखेर संविधानले तोकेका आफ्ना जिम्मेवारी सुरु गर्न नसकेकोमा चिन्तित छन् । स्थानीय निकाय सञ्चालनसम्बन्धी कानुन नबन्दा काम सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको झण्डै दुई महिना भए पनि आत्मसन्तोष हुने गरी काम थाल्न नसकेको उनीहरूले बताएका छन् ।singha durbar
काठमाडौंँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले कानुन बनेर नआएका कारण आफूहरू के गर्ने, कति अधिकार पाउने भन्नेमा अन्योल भएर बसेको बताइन् । उनले भनीन , “न्यायिक समितिको संयोजक बनाइएको छ तर संयोजकले के के हेर्न सक्ने हो भन्ने स्पष्ट निर्देशनसहितको कानुन आएको छैन । जनप्रतिनिधिसँग जनअपेक्षा धेरै छ तर हामीले काम गर्न कानुन बनेको छैन । ”
“केन्द्रको निर्देशन आदेशमात्र माग्नुपरेको छ । खै कसरी सिंहदरबार घरघरमा पुग्ला !” उपप्रमुख खड्गीले भनिन , “निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नका लागि तयार भए पनि स्पष्ट कानुन बनेर नआउँदा निराश हुनुपर्ने अवस्था छ । ”
ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याललगायत धेरैको गुनासो पनि यस्तै रहेको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्