
नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ क्यानबाट प्रशिक्षकमा नियुक्त भएसँगै उनी टीम सम्हाल्न नेपाल आएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग उनले नेपाली क्रिकेट टोलीमा भएका चुनाैती आफूलाई स्वीकार्य भएको बताए । यद्यपि उनले खेलाडीहरु क्षमतावान रहेको भन्दै प्रशंशा गरे ।
उनले भने, ‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन् ।’
उनले आफ्नो कार्यकालमा नेपाली क्रिकेटमा राम्रो नतिजा ल्याउन प्रयास गर्ने पनि बताए । ‘म राम्रो रिजल्ट ल्याउन चाहन्छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाउन चाहन्छु’, उनले भने ।