१५ असार २०८३, सोमबार

नेपालका सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

नेपालका सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याएका छन् । 

गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँजात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले यहाँको कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नसके अन्तर्राष्ट्रिय पहिचान प्रवद्र्धनमा टेवा पुग्ने बताए । 

पर्यटनमन्त्री श्रेष्ठले पर्यटनको माध्यमबाटै मुलुकमा समृद्धि प्राप्त हुने भन्दै पर्यटन विकासका लागि नेचर, कल्चर र एडभेन्चरलाई संयोजन गरेर प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । 


पूर्वराजदूत डा गणेश योञ्जनले जात्रा देशको संस्कृतिक पहिचान भएकाले यसको संरक्षणमा विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याए। बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नैनकुमार लामाले वर्षमा एक पटक मनाइने जात्रा वर्षदिनमा आफन्त गुमाउने परिवारका लागि एक दिन भए पनि दुःख बिर्साउने माध्यम भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्