
बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ ।
बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।
एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको छ ।
यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
