१५ असार २०८३, सोमबार

विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

आइतवार  बिहान गण्डकी, लुम्बिनी र प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षितमा अवस्थित रहेको छ ।   

जसका कारण गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले  जनाएको छ । 

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ सहि तभारी वर्षाको सम्भावना रहेको छ ।  

आइतवार राति प्रदेश १, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षा  हुन सक्ने क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । 

साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनवीवन तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्