०८ साउन २०८३, शुक्रबार

काठमाडौंको फोहोर व्यवस्थापन नगरेर मुलुकका तीनवटै सरकारले आपराधिक खेलबाड गरे : बाबुराम

काठमाडौंको फोहोर व्यवस्थापन नगरेर मुलुकका तीनवटै सरकारले आपराधिक खेलबाड गरे : बाबुराम

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्षा याममा काठमाडौंमा हप्तौंदेखि फोहोर व्यवस्थापन नहुनु अत्यन्त गम्भीर विषय भएको टिप्पणी गरेका छन् । 

शनिवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो शेयर गर्दै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । 

उनले राज्यका तीन वटै तहले सार्वजनिक स्वास्थ्य र मुलुकको छविमाथि अपराधिक खेलवाड गरिरहेको समेत बताएका छन् । 

उनले भनेका छन्,‘तीनै तहले एकअर्काप्रति दोषरोपण गरेर पन्छिने होइन, सहकार्य गरेर फोहोरको समस्या तुरुन्त समाधान गर ।’

 

 

salt training

कमेन्ट गर्नुहोस्