०३ साउन २०८३, आइतबार

सरकार कमाउधन्दामा व्यस्त भयोः यजराज सुनुवार

सरकार कमाउधन्दामा व्यस्त भयोः यजराज सुनुवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिशनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘सरकार विचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिशनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ ।’

सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरे । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ भइरहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो । उनले  पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्