
पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् ।
बाराको विश्रामपुर गाउँपालिका–५ का ३० वर्षीय प्रितम पटेल र उनका भाइ उत्तम पटेल पक्राउ परेको एसपी बस्नेतले लोकान्तरलाई जानकारी दिए । उनीहरूमाथि छिमेकीसमेत रहेका २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार उनीहरुले हत्यापछि शवलाई सुपर स्प्लेन्डर मोटरसाइकल प्रयोग गरेर रक्सौलको रेल्वे स्टेशनमा पु¥याएका थिए । उनीहरूले मजुफ्फरपुर जाने रेलको शौचालय छेउमा शव फालेका थिए । प्रहरीले अहिले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगेका एसपी बस्नेतले बताए ।