२५ जेठ २०८३, सोमबार

घोडाले पाल्छ रामेश्वरको परिवारलार्इ, दिनको १० हजार कमाइ

कात्तिक २०, २०७४
घोडाले पाल्छ रामेश्वरको परिवारलार्इ, दिनको १० हजार कमाइ

नगरकोट, १४ साउन–केही वर्ष अघिसम्म आरन चलाएर जिविकोपार्जन गदै आएका रामेश्वर बिक अहिले दुई ओटा घोडाका मालिक छन् । आरन चलाएर कहिल्यै पेटभरी खान नपुगेपछि रामेश्वरले पेशा बदल्ने निर्णय गरे– घोडा पाल्ने । अहिले घोडा पालेदेखि उनको जीन्दगीमा आम्दानी र खुसि दुवै छाएको छ ।

‘आरन चलाउदा कहिल्यै पेटभरी खान पुगेन तर घोडाले मेरो जीवन नै वदलिदीयो’ रामेश्वरले लोकान्तरसँग भने, ‘सोखका लागि घोडा पालेको थिए त्यहि घोडा अहिले मेरो गतिलो आम्दानि वन्यो ।’ घोडामा बसेर फोटो खिच्ने र घोडचडी गर्नेहरुवाट दैनिक तीन हजारदेखि दस हजारसम्म कमाई हुने गरेको उनी वताउँछन् ।

काठमाडौं शहरबाट नगरकोटमा आउने आन्तरिक तथा वाह्य पर्यटहरु उनको घोडा नचडि सितिमिती फर्कदैनन् । पर्यटकको सिजनमा घोडा चढ्नको लागि पालो कुर्नुपर्नेगरी भीड लाग्ने उनी सुनाउछन् ।

२०३२ सालमा जन्मिएका बिकले जीवनमा धेरै दुख गरे । विभिन्न काम गरे । कामवाट कहिलै सन्तुष्ट भएनन् । तर अहिले दुइवटा घोडाले उनलाई मात्र नभई उनको परिवारमा समेत खुसि ल्याईदिएको छ ।

विहान खाना खाएर घोडा लिएर नगरकोट टावरसम्म घोडा लैजाने उनको दैनिकी बनेको छ । उनको घोडामा चडेर फोटो खिच्नेको त लाईनै हुने गरेको छ ।

नगरकोटमा संञ्चालित ठुलादेखि साना होटलले पनि उनलाई काम दिने गरेका छन् । विदेसीले घोडा अर्डर गरे भने उनको कमाई धेरै हुने गरेको उनी बताउँछन् । ‘कोही कोहीले त दिनको १० हजार सम पनि दिन्छन्’ उनले हास्दै भने । काम नभएको दिनमा पनि फोटो खिच्नेहरुले ५० रुपैया सम्म दिन्छन् । त्यसोगर्दा पनि दुई चार हजार हात पर्छ उनले भने ।

दैनिक सयौँको सङ्ख्यामा आउने आन्तरिक वाह्य पर्यटकलाइ घोडा चढ्न पाउनु नगरकोट यात्राको अर्को अविष्मरणीय पक्ष बनेको छ ।

सरल र मिजासिलो स्वभावका रामेश्वर महिनामा ३०/४० हजारको लागि विदेसिनु नपर्ने बताउँछन् । ‘काम गर्न जाने यही डाँडामै बसेर कमाउन सकिने रहेछ’ उनले भने । घोडाको आम्दानीबाटै ६ जनाको परिवार पालेका उनले छोराछोरीलाई वोड्ङि स्कुलमा पढाई रहेको बताउँछन् ।

‘घोडाले मेरो सम्वन्ध वढाई रहेको छ । चिन्दै नचिनेको मान्छे एकै छिनमा साथी बन्छन’ उनले भने, ‘नेपाली बोल्न नजान्ने बिदेसी पनि नमस्कार गदै हात मिलाउदै जान्छ केहिले त उत्तिकै पैसा सहयोग गरेर जान्छ’ उनि खुसि हुदै भने ।

रामेश्वरले आफ्नो व्यबसायको दायरा फराकिलो बनाउने सोच बनाएका छन् । ‘अरु केही घोडा थप्छु अनि सबै होटलहरुसँग सम्पर्क बढाउछु । पर्यटकहरु घोडा चढ्न पनि नगरकोट आउने बनाउछु ।’

salt training

कमेन्ट गर्नुहोस्