कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पाको सदरमुकाम तानसेनमा आइतवार बाघजात्रा देखाइएको छ ।
सो जात्रा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने परम्परा रही आएको छ ।
बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ ।
यहाँ हरेक वर्षजस्तै यसवर्ष पनि पाल्पाली नाट्य कला सांस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाले बाघजात्रा देखाएका हुन् ।
मानिसलाई बाघको रुपमा सिंगारेर शिकारीले घेरेको अभिनयमा बाघजात्रा देखाइने गरिन्छ । यस जात्राप्रति बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक उत्साहित हुँदै अवलोकन गर्दछन् ।
परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बूढापाका बताउँछन् । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ ।
परम्परागत रुपमा मनाईदै आइएको जात्रा पछिल्ला वर्षहरुमा हराउँदै जान थालेपछि पुराना पुस्ता भने चिन्तित छन् । समुदायको पहिचान बोकेको पुरानो परम्परा र संस्कृति संरक्षणमा जोड दिनुपर्ने तानसेनका स्थानीयवासी तथा नेपाली कांग्रेसका पाल्पा उपसभापति झपेन्द्र गहिरे बताउँछन् ।
उनी भन्छन्, “पर्व विशेषरुपमा देखाइने विभिन्न संस्कृतिले हाम्रो गाउँ समाजका दुःख सुखको कथा बोकेको हुन्छ, अर्कोतर्फ यसरी जात्रा देखाउँदा मानिसलाई खुसी र रमाइलो बनाउने संस्कृतिलाई बचाउँदै निरन्तरता दिनुपर्दछ ।”
पछिल्ला वर्षमा बढ्दो सूचना र प्रविधिको विकासले पहिलेजसो भने जात्रा हेर्न धेरै टाढाबाट आउने क्रम भने कमै पाइन्छ । तैपनि संस्कृति धान्न पर्वअनुसार भने निरन्तररुपमा देखाउने गरिएको छ ।
जिल्लामा नागपञ्चमी पर्व शुरू भएपछि लाखेनाच, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रालगायतका विभिन्न संस्कृति देखाउने गरिन्छ । युवा महिलाको भेषमा सजिएर व्यङ्ग्य गर्दै जात्रा निकाल्ने प्रचलन छ । रासस
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...