०६ साउन २०८३, बुधबार

पाँच पोखरी र जटा पोखरीको मनै लोभ्याउने सुन्दर दृश्यहरू [फोटोकथा]

साउन ३०, २०७९
पाँच पोखरी र जटा पोखरीको मनै लोभ्याउने सुन्दर दृश्यहरू [फोटोकथा]

रामेछापको गोकुलगंगा गाउँपालिकामा पर्ने जटा पोखरी र पाँच पोखरी क्षेत्र अन्त्यन्तै सुन्दर छन् । तामाकोशी नदीको प्रमुख सहायक नदीको रूपमा रहेको खिम्ती खोलाको शीरमा रहेको पाँच पोखरी र जटा पोखरी धार्मिक पर्यटनको हिसावले पनि प्रख्यात मानिन्छ । 

४ हजार २५० मिटरको उचाइमा रहेको जटा पोखरी एउटा हिमताल नै हो । जहाँ वर्षमा ६ महिनाभन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्र हिउँ पग्लन्छ । नरिवलको जटाको आकारमा भएकाले यस पोखरीलाई जटा पोखरी भनिएको हो । 
पाँच पोखरी जटा पोखरीभन्दा माथि छ । पाँच पोखरी ४ हजार ६०५ मिटरको उचाइमा छ । एउटै पोखरीमा बीचबीचमा प्राकृतिक रूपमा उठेका बाँधहरूले पोखरीलाई ५ वटा कुण्डमा विभाजन गरेको छ । यो पोखरीबाट निस्केको पानी जटा पोखरीमा झर्छ । 

उक्त क्षेत्रको मनमोहक दृश्यकहरूले हामीले फोटो कथामा प्रस्तुत गर्दैछौँ । 

salt training

कमेन्ट गर्नुहोस्